Political Hightlights

थप १२ जना नेतालाई स्पष्टिकरणको पत्र पठाउँदै एमाले

हिमालय टिभी
२०७८ जेठ १२ गते १३:३३
थप १२ जना नेतालाई स्पष्टिकरणको पत्र पठाउँदै एमाले

१२ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको निर्णय अनुसार आज थप १२ जना नेताहरुलाई स्पष्टिकरण पत्र पठाउने भएको छ ।

सोमबारको स्थायी कमिटी बैठकले वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्नुका साथै थप १२ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर बुझाएका २३ जना विघटित प्रतिनिधिसभाका सदस्यमध्ये १२ जनालाई आज स्पष्टिकरण पत्र पठाउन लागिएको हो ।

स्पष्टिकरण पत्र पठाउन लागिएको नेकपा एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकले निर्णय गरेपनि अनौपचारिक रुपमा नेताहरुसँग संवाद भएको र पत्रमार्फत् नै जवाफ दिने बताएपछि १२ जनालाई आज स्पष्टिकरण पत्र पठाउन लागिएको तामाङले जानकारी दिनुभयो ।

एमाले नेताहरु सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे र कृष्णलाल महर्जनलाई पत्र पठाइनेछ ।

यस्तै झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई पनि स्पष्टिकरण पत्र पठाउने तयारी भएको छ ।

नेपाल(खनाल समूहले वागमती प्रदेशको राष्ट्रियसभा चुनावमा एमाले उम्मेदवार रामबहादुर थापालाई असहयोग गरेको थियो भने संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनका क्रममा विपक्षी गठबन्धनलाई समर्थन गरेको थियो ।

यसलगत्तै सहमतिका लागि गठित दश सदस्यीय कार्यदल निष्कृय भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्