Political Hightlights

चार नेतालाई स्पष्टिकरण सोध्ने जसपा केन्द्रीय कार्यकारिणी समितिको निर्णय

हिमालय टिभी
२०७८ जेठ ९ गते ७:३५
चार नेतालाई स्पष्टिकरण सोध्ने जसपा केन्द्रीय कार्यकारिणी समितिको निर्णय

९ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटन गर्ने असंवैधानिक कदमलाई साथ दिएको भन्दै जसपाले चार नेतालाई पहिलो चरणमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले बहुमत सदस्यको उपस्थितिमा बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई ओलीका प्रतिगामी कदममा साथ दिनुको कारणबारे स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले असंवैधानिक कदमविरुद्धको अन्य दलहरूसँग मिलेर संघर्ष गर्ने निर्णयलाई पारित गरेको छ । अन्य नेताहरूसँग पनि छलफल गर्ने र त्यही अनुसार निर्णय लिने नेता राईको भनाइ छ ।

पार्टीभित्र विवाद रहेको जसपाको केन्द्रीय कार्यकारिणी समितिका ५१ जना मध्य ३१ जना सदस्यहरू बैठकमा उपस्थित भएको जनाइएको छ ।

सत्तासमीकरणका विषयमा प्रधानमन्त्री ओलीलाई साथ दिने विषयमा एकमत हुन नसक्दा जसपाभित्र लामो समयदेखि अन्तरविरोध चर्किरहेको छ ।

पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीविरुद्धको गठबन्धनमा सहभागी भइरहेका छन् भने अर्का अध्यक्ष ठाकुरलगायत नेताहरू ओलीको पक्षमा लागिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्