राष्ट्रियसभा उपचुनावमा थापालाई भोट नहाले कारबाही गर्ने ओलीको चेतावनी

५ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपचुनावमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गर्नुभएको छ ।
एमालेका वरिष्ठ नेता माधवुकमार नेपालले गृहमन्त्री थापालाई मत दिन नसकिने बताएको भोलिपल्ट अध्यक्ष ओलीले एमालेका सबै प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखसँग गृहमन्त्रीका लागि भोट माग्नुभएको हो ।
अध्यक्ष ओलीले विज्ञप्ति निकालेर विपक्षमा मत हाले क्षमा नदिने चेतावनी दिनुभएको छ । पार्टीको उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, निर्वाचन चिन्ह अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा मत खसाउने विषय कल्पना बाहिरको कुरा भएको पनि ओलीको अपीलमा उल्लेख छ ।
पार्टीभित्र देखा परेका समस्या समाधानका लागि कार्यदल बनेर काम समेत शुरु भइसकेको अवस्थामा एकतालाई सुदृढ गर्न योगदान गर्नु सबैको कर्तव्य हो भन्दै ओलीले वरिष्ठ नेता नेपालको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले मौन अविधिको उल्लंघन गरेर गृहमन्त्रीका लागि भोट माग्नु भएको हो ।
प्रतिक्रिया