Political Hightlights

जसपाभित्रको विवाद उत्कर्षमा, ठाकुर समूहमाथि कारबाहीको तयारी

हिमालय टिभी
२०७८ जेठ १ गते १३:०७
जसपाभित्रको विवाद उत्कर्षमा, ठाकुर समूहमाथि कारबाहीको तयारी

१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाको विवाद उत्कर्षमा पुगेका बेला उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

हिजो अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेपछि अर्का अध्यक्ष यादव र भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । पार्टी विधान विपरीत केही नेताहरुको भेलाले राजनीतिक निर्णय गरेपछि त्यसैको विषयमा छलफल गर्न बैठक बोलाइएको यादव पक्षका नेता मोहम्मद इस्तियाक राइनले जानकारी दिनुभयो ।

बैठकले पार्टीको विधान विपरीत काम गर्नेहरुविरुद्ध निर्णय लिन सक्ने राईनले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा जसपाभित्र दुई धार देखिएको थियो।

हिजो अध्यक्ष ठाकुर पक्षीय भेलाले महतोलाई संसदीय दलको नेता चयन गरेसँगै जसपा विभाजन उन्मुख छ । कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्