नेपालगञ्जको जमुनाहा रुपैडिया नाकामा अझै भीड

हिमालय टिभी
२०७८ वैशाख २४ गते १८:०१
नेपालगञ्जको जमुनाहा रुपैडिया नाकामा अझै भीड

२४ वैशाख २०७८ नेपालगन्ज । कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिए पनि नेपालगन्जको जमुनाहा रुपैडिया नाकामा भिडभाड अझै नियन्त्रण हुन सकेको छैन ।

भारतमा कोरोनाको महामारी फैलिएपछि दैनिक १५ सयदेखि २ हजारसम्म नेपाली नेपालगञ्ज नाका हुँदै घर फर्किने गरेका छन ।

वैशाख १ गतेदेखि अहिलेसम्म भारतबाट नेपालगन्ज नाका हुँदै ५१ हजार ४८ जना नेपाल प्रवेश गरेका छन् । तीमध्ये शंकास्पद १ हजार ३२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३२ जनामा संक्रमण देखिएको छ ।

भारतको महाराष्ट्र, गुजरात र दिल्ली लगायत कोरोना संक्रमण फैलिएका क्षेत्रबाट जमुनाहा नाका हुँदै नेपालगन्ज प्रवेश गर्नेको हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।

एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएकाहरुलाई जमुनाहा नाकाबाटै गाडीमा राखेर नेपालगन्जको मनिकापुरस्थित हाइटहाउसको आइशोलेशनमा राख्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *