पुल भाँच्चिदा बेपत्ता दुई जनामध्ये एक जनाको शव फेला

हिमालय टिभी
२०७८ वैशाख १५ गते १८:२६
पुल भाँच्चिदा बेपत्ता दुई जनामध्ये एक जनाको शव फेला

१५ वैशाख २०७८ चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल भाँचिदा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ ।

भारतको बिहार स्थित पश्चिम चम्पारण घर भएका २३ वर्षीय सुजित माझीको शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलभन्दा ५ सय मिटर तलको नदीको भंगालोमा माझीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सरोज गिरीले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने निर्माणाधीन पुल भाचिँदा एक जना मजदुरको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । हराइरहेका अर्का एकजनाको खोजी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *