Political Hightlights

फ्लोर क्रस गर्ने आशंकामा सांसदहरुको होटलमा बास

हिमालय टिभी
२०७८ वैशाख १४ गते १३:१२
फ्लोर क्रस गर्ने आशंकामा सांसदहरुको होटलमा बास

१४ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा फ्लोर क्रस हुने आशंकामा दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका छन् ।

कांग्रेस, माओवादी र जसपाले आफ्ना सांसदहरुलाई आजदेखि पोखराको रिसोर्टमा राखेका हुन् । कांग्रेस र माओवादी केन्द्रका सांसद लेकसाइडको कुटी रिसोर्टमा छन् ।

जसपाले आफ्ना प्रदेशसभा सदस्यलाई नजिकैको अर्को एक होटलमा राखेको छ । माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव अत्यधिक मतका साथ पारित गर्ने विषयमा छलफल गर्न एकै ठाउँ भेला भएको जिकिर गरेका छन ।

ती सांसदले अविश्वासको प्रस्तावका पक्षमा ३२ भन्दा बढी प्रदेशसभा सदस्यले मत दिने दाबी पनि गरेका छन । मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गण्डकीमा नेकपा एमालेका २७ सांसद छन् ।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल भइरहेको छ । आजै अविश्वासको प्रस्ताव मतदानमा लैजाने विपक्षी दलको चाहना भए पनि भोलिमात्र मतदान हुने छ ।

हस्ताक्षर नगरे पनि राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्