एमालेबाट निर्वाचित कर्णाली प्रदेशका चार जना सांसद पदमुक्त

Himalaya Television
२०७८ वैशाख १३ गते १६:२९

एमालेबाट निर्वाचित कर्णाली प्रदेशका चार जना सांसद पदमुक्त

१३ वैशाख २०७८ सुर्खेत । नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशका चार जना सांसद पदमुक्त भएका छन् ।

प्रदेशसभाको आज बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चार जनाको पद रिक्त भएको जानकारी दिनुभयो ।

पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु सल्यान प्रदेशसभा (ख) बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क) बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क) बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त हुनु भएको हो ।

चारै जनाले बैशाख ३ गते पार्टीको ह्विप विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनु भएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ ९१० र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएपछि कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सभामुखले सांसदहरु पदमुक्त भएका हुन् ।

हाल थापा प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ । ज्वाला भने कुनैपनि जिम्मेवारीमा हुनुहुन्न ।

सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेश सभा सांसदको संख्या ३५ मा झरेको छ । माओवादी छोडेर एमालेमा प्रवेश गरेका धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसक्नु भएको छ ।

सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद अब कर्णाली प्रदेशमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs