मकवानपुरमा आजदेखि सवारी साधानमा जोर बिजोर लागू

हिमालय टिभी
२०७८ वैशाख १२ गते १३:३३
मकवानपुरमा आजदेखि सवारी साधानमा जोर बिजोर लागू

१२ वैशाख २०७८ मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू भएको छ ।

कोरोना संक्रमण बढेका कारण प्रशासनले यो नियम अवलम्बन गरेको हो । हेटौंडा उपमहानगरपालिकाभित्र सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, अटो लगायत सबै सवारीलाई जोर बिजोरका आधारमा सञ्चालन दिने निर्णय गरिएको छ ।

त्यस्तै मकवानपुरका सबै पर्यटकीय क्षेत्र पार्क तथा वनभोजस्थलसमेत बन्द पनि गर्ने निर्णय गरिएको छ । सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ ।

कोभिड–नाइन्टिन सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *