Political Hightlights

कोरोना रोकथामका लागि तत्काल देशव्यापी लकडाउन नगर्ने सरकारको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १२ गते १३:१८
कोरोना रोकथामका लागि तत्काल देशव्यापी लकडाउन नगर्ने सरकारको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको जानकारी दिनुभएको छ ।

बालुवाटारमा पत्रकारसित कुरा गर्दै मन्त्री ज्ञवालीले कोरोना संक्रमणको केन्द्र बनेका ठाउँमा स्थानीय तहबाट लकडाउन हुन सक्ने भए पनि तत्काल देशभर लकडाउनको सम्भावना नरहेको जानकारी दिनुभयो ।

स्वास्थ्य सुरक्षाका उपाय अपनाउन मन्त्री ज्ञवालीले सबैलाई अपील पनि गर्नुभयो ।

अहिलेकै स्थितिविरुद्ध लड्न सक्ने क्षमता भएपनि यो भन्दा अवस्था बिग्रीए अफ्ठेरो पर्ने भन्दै मन्त्री ज्ञवालीले त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेका जानकारी दिनुभयो ।

नेकपा एमालेका प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले कोरोना संक्रमण विरुद्ध लड्नका लागि खटिन सिंगो पार्टी पंक्तिलाइ खटिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको पनि जानकारी दिनुभयो ।

केन्द्रीय सदस्यदेखि तल्लो तहका नेता कार्यकर्ता यसमा खटिने गरी एमालेले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्