त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्सीय नेपाली टिम घोषणा

१ वैशाख २०७८ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि १५ सदस्सीय नेपाली टिम घोषणा गरेको छ ।
स्पिनर शाहब आलम र ओपनर आशिफ शेख पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।
ज्ञानेन्द्र मल्ल कप्तान रहेको टिममा दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी र सुशन भारी छन् ।
बन्द प्रशिक्षणमा रहेका २० जनामध्ये ललित नारायण राजवंशी, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ र लोकेश बम बाहिरिएका छन् ।
नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग बैशाख ४ देखि ११ गतेसम्म त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ ।
डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल बैशाख ४ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।
प्रतिक्रिया