Political Hightlights

मुख्यमन्त्री शाहीद्वारा एमालेका तीन मन्त्रीले दिएको राजीनामा स्वीकृत

हिमालय टिभी
२०७७ चैत २८ गते १७:३८
मुख्यमन्त्री शाहीद्वारा एमालेका तीन मन्त्रीले दिएको राजीनामा स्वीकृत

२८ चैत २०७७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेका तीन मन्त्रीले दिएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले गत मंगलबार दिएको राजीनामा मुख्यमन्त्री शाहीले आज स्वीकृत गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मन्त्री विमला केसीलाई दिइएको छ ।

भौतिक पूर्वाधार मन्त्री रहेका खडक खत्रीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दा लागेपछि मुख्यमन्त्री शाहीले २०७६ साउन ३० गते बर्खास्त गरेर त्यो मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्