Political Hightlights

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रद्वारा दुई प्रदेशसभा सदस्य पदमुक्त

हिमालय टिभी
२०७७ चैत २३ गते १९:०९
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रद्वारा दुई प्रदेशसभा सदस्य पदमुक्त

२३ चैत २०७७ बुटवल । नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका लुम्बिनी प्रदेश सभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रले दुइ सांसदलाई पदमुक्त गर्न भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएको छ । सभामुखले पत्र पढेपछि दुइ सांसदको पद रिक्त हुनेछ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका न्यौपाने रूपन्देही क्षेत्र नम्बर १ को ख र पन्थी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को ख बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।

तर दुबै जना एमालेमा लागेका कारण माओवादीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । दुवैलाई प्रधानमन्त्री ओलीले एमालेमा केन्द्रीय सदस्य बनाउनुभएको छ ।

माओवादी केन्द्र संसदीय दलले प्रदेश सभा सचिवालयमा न्यौपाने र पन्थी दलमा नरहेको सूचना दर्ता गराएपछि निलम्बन प्रक्रिया अघि बढेको थियो। राजनीतिक दलसम्बन्धी दफा ३४ मा जुन दलबाट निर्वाचित भएको हो, त्यो दल त्यागेपछि स्वतः सांसद पद जाने व्यवस्था छ।

माओवादी केन्द्रको प्रदेश संसदीय दलले यही चैत ११ गते दुवैलाई २४ घण्टे स्पष्टिकरण मागेको थियो। तर जवाफ नदिएपछि चैत १३ गते संसदीय दलले कारबाही गरी सदरका लागि केन्द्रीय कमिटीमा निर्णय पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्