ज्वाला सिंह समूहको नाममा बाँकेमा चन्दा असुली गर्ने चार जना पक्राउ

हिमालय टिभी
२०७७ चैत २२ गते १८:३०
ज्वाला सिंह समूहको नाममा बाँकेमा चन्दा असुली गर्ने चार जना पक्राउ

२२ चैत २०७७ बाँके । बाँके प्रहरीले ज्वाला सिंह समूहको नाममा चन्दा असुली गरेको आरोपमा नेपालगन्जको पुरैनी गाउँबाट ४ जना पक्राउ परेका छन् ।

दाङको तुल्सीपुर घर भई हाल नेपालगन्जमा बस्दै आएका ज्योति चौधरी, राप्ती सोनारी गाउँपालिका वडा नम्बर(४ सुर्यलालपुरका विकास चौधरी, मेघनाथ चौधरी र भीमबहादुर भण्डारी पक्राउ परेका हुन् ।

पक्राउ परेका भन्डारी जनमुक्ति सेनाका पूर्व कम्पनी कमान्डर भएको बाँके प्रहरीले जनाएको छ । उनीहरुबाट प्रहरीले चन्दाका रुपमा असुल गरेको दश हजार नगद र चन्दा माग गर्न प्रयोग गरेको सिम कार्डसमेत बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *