माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने (भिडियो रिपोर्टसहित)
१९ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको अनौपचारिक बैठकले सरकारलाई दिएको समर्थन अझै केही दिन कायम राख्ने निर्णय गरेको हो ।
बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केहि दिनभित्रै स्थायी समितिको बैठक बसेर समर्थन फिर्ताबारे निर्णय लिने जानकारी दिनुभयो ।
बैठकमा भावी सत्ता समिकरणबारे कांग्रेस र राजपा नेपालसँग भएको वार्ताका बारेमा अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले ब्रिफिङ गर्नुभएको छ ।
कांग्रेस र जसपालाई आफ्नै आधारमा निर्णय गर्न पनि माओवादी केन्द्रले आग्रह गरेको छ ।
प्रवक्ता श्रेष्ठले ओली सरकारको विस्थापन र संसद पूरा आयू चल्नुपर्छ भन्ने आफूहरुको मत रहेको बताउँदै संसद र संविधानको रक्षका लागि आफुहरुले हदैसम्मको प्रयास गर्ने बताउनुभयो ।
प्रतिक्रिया