Political Hightlights

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

हिमालय टिभी
२०७७ चैत १९ गते ८:५९
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

१९ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। बिहान ९ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारको माओवादीले विरोध गर्दै आए पनि समर्थन भने फिर्ता लिएको छैन्।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा अविश्वासको प्रस्ताव दर्ता गर्ने लगायतका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने बताउनु भएको थियो ।

हिजोको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत नलिए सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने बताउनु भएको थियो ।

माओवादीले सरकारको विरोध गर्ने तर समर्थन फिर्ता नलिएर दोहोरो चरित्र देखाएको भन्दै केही विपक्षी दलले आलोचना गरिरहेका छन् भने सहकार्यका लागि रुची समेत देखाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्