Political Hightlights

ओली सरकार संविधान र व्यवस्था विफल बनाउन लागेको माओवादी केन्द्रको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १८ गते १४:४३
ओली सरकार संविधान र व्यवस्था विफल बनाउन लागेको माओवादी केन्द्रको आरोप (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकार संविधान र व्यवस्था विफल बनाउन लागी परेको आरोप लगाएको छ ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकार फेरि संसद विघटन गरेर संविधान र गणतन्त्र समाप्त पार्न खोजिरहेको बताउनुभयो । सदनलाई सरकारले बिजनेसविहीन बनाएर प्रधानमन्त्रीले यस्तो षड्यन्त्र गरेको गुरुङको आरोप छ ।

प्रधानमन्त्री ओलीले बारम्बार ताजा जनादेशको प्रसंग उठाएकोमा पनि गुरुङले चर्को आलोचना गर्नुभयो । ओली सरकारले चुनावका नाममा संविधान र व्यवस्था सिध्याउन खोजेको उहाँले आरोप लगाउनुभयो ।

सर्वोच्चको पछिल्लो फैसलाले दलमाथि प्रतिबन्ध लगाउन खोजेको भन्दै गुरुङले चर्को असन्तुष्टि व्यक्त गर्नुभयो । सर्वोच्च अदालतले फागुन २३ गते दल विभाजन गरिदिएकाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेमा माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले जोड दिनुभयो ।

प्रतिनिधिसभा विघटनपछि कामचलाउ बन्नुपर्ने सरकार त्यसरी अगाडि नबढेकोमा पनि गुरुङले आपत्ति जनाउनुभयो । सरकारले संविधान र विधिको शासन नमानेको उहाँको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्