मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु

Himalaya Television
२०७७ चैत ११ गते ६:१६

मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु

११ चैच २०७७ राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको पोर्ताह (गिदखोरा) मा हिजो साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ पिपरापूर्व बस्ने अन्दाजी २० वर्षीय देवकुमार चौधरी रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

भारदहबाट कञ्चनपुरतर्फ जाँदै गरेको को ३३ प ७७१६ नम्बरको मोटरसाइकल राजमार्गको सडकमा आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs