आठबीस घटना : नौ दिनपछि भेटियो रजनीको शव

हिमालय टिभी
२०७७ चैत ३ गते १७:४६
आठबीस घटना : नौ दिनपछि भेटियो रजनीको शव

३ चैत २०७७ सुर्खेत । आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ ।

गएको फागुन २३ गते आइतबार नदीमा हाम फालेकी उनको शव आज भेटिएको दैलेख प्रहरीले बताएको छ।

नौ दिनपछि रजनीको शव अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

साथै रजनीको शव पोष्टमार्टमका अछामको मंगलसेनस्थित जिल्ला अस्पताल पठासकिएको बताइएको छ । नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ ।

यसअघि आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलिपल्ट अर्थात फागुन २४ गते सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो।

त्यसको भोलिपल्ट सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो। उनीहरुको सामूहिक दाहसंस्कार गरिएको थियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *