मास्टर सेफ सन्तोष साहको जनकपुरधाममा भव्य स्वागत

१ चैत २०७७ सिरहा । बीबीसी मास्टर सेफको उपविजेता सिरहाका सन्तोष साहको जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।
बीबीसीको खाना बनाउनेसम्बन्धी रियालिटी शो बीबीसी मास्टर सेफको उपविजेता बनेका साह १७ दिन अगाडि नेपाल आउनु भएको थियो उहाँ घर परिवार भेट्न आज जनकपुरधाम हुँदै सिरहा जानु भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र साहको अगुवाईमा स्थानीय बासिन्दा विमानस्थलमै पुगेका थिए । सालाई ५१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । सन्तोषले खाना बनाउने काम कुनै पनि जागिर भन्दा कम होइन भन्ने बुझाउन सक्रिय रहेको बताउनुभयो ।
छोराको स्वागतका लागि विमानस्थल पुगेकी सन्तोषकी आमाले सन्तोषसँग विवाहका लागि सैयौं केटीको प्रस्ताव आइरहेको सुनाउनुभयो ।
छोराले विवाह गरे आफुलाई खुसी लाग्ने उहाँले बताउनुभयो । जानकी मन्दिरमा दर्शनपछि जनकपुरमा साथीभाइ भेटेर सन्तोष आजै गृह जिल्ला सिरहा पुग्नुभएको छ ।
प्रतिक्रिया