बाँकेको नरैनापुरमा आगलागी हुँदा १६ घर जले
२०७७ फागुन २४ गते १३:०६
२४ फागुन २०७७ बाँके । बाँकेको नरैनापुरमा आगलागीबाट १६ घरमा क्षति पुगेको छ ।
नरैनापुर गाउँपालिका वडा नम्बर १ सुइयाका मनिजर पासीको फुसले छाएको घरमा अचानक सल्किएको आगोले नजिका १६ घरमा क्षति पुगेको हो ।
प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको गाउँपालिकाका अघ्यक्ष ईस्तियाक अहमद शाहले जानकारी दिनुभयो ।
प्रतिक्रिया