फेवाताल सिमाङ्कन र नक्साङ्कन समितिको म्याद तीन महिना थप

१६ फागुन २०७७ पोखरा । फेवातालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको म्याद तीन महिना थपिएको छ ।
तालको क्षेत्रफल तयार पारेर संघ र प्रदेश सरकारलाई बुझाएको समितिलाई थप काम गर्ने जिम्मासहित तीन महिना दिइएको हो ।
गण्डकी प्रदेश सरकारले पत्रकार सम्मेलन गरी सिमांकनको काम सकेको समितिलाई थप जिम्मेवारी दिएको जानकारी दिएको छ ।
प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले फेवा ताल संरक्षणको ऐतिहासीक काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समितिले अदालतको फैसलाका आधारमा मापदण्ड तय गर्न पोखरा महानरपालिकालाई निर्देशन गर्ने, तालभित्र परेका तथा दूषित मनसाय राखेर दर्ता भएका जग्गाको लगत तयार गर्ने र त्यस्ता जग्गाको दर्ता बदर गरी नेपाल सरकारका नाममा कायम गर्न भूमिसुधार तथा मालपोत कार्यालय कास्कीमा सिफारिस गर्नेछ ।
समितिले २०७७ माघ २७ गते गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रतिवेदन पेश गरे पछि संघ सरकारले फेवातालको नयाँ क्षेत्रफल ५ दशमवल ७२ ६ वर्ग किलोमिटर ११ हजार दुई सय ५५ रोपनी कायम गरेको थियो ।
प्रतिक्रिया