Political Hightlights

प्रदेश १ को प्रदेशसभा बैठक रोक्न मुख्यमन्त्रीले दिएको दबाव सभामुख भण्डारीद्वारा अस्वीकार

हिमालय टिभी
२०७७ फागुन ९ गते १३:१०
प्रदेश १ को प्रदेशसभा बैठक रोक्न मुख्यमन्त्रीले दिएको दबाव सभामुख भण्डारीद्वारा अस्वीकार

९ फागुन २०७७ विराटनगर । आज दिउँसो दुई बजेका लागि बोलाइएको प्रदेश १ सभाको बैठक रोक्न मुख्यमन्त्री शेरधन राईले दिएका दबाब सभामुख प्रदीपकुमार भण्डारीले अस्वीकार गर्नुभएको छ ।

बिहान मुख्यमन्त्री राईले सूचना टाँसेर बैठक स्थगित गर्न आग्रह गरेकोमा सभामुख भण्डारीले राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित गर्न अस्वीकार गरेका गर्नुभएको हो ।

प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकको एकमात्र कार्यसूची मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव छ । बैठक बस्नुअघि आइतबार बिहान मुख्यमन्त्री निवासमा राई र सभामुख भण्डारीबीच छलफल भएको थियो ।

छलफलमा मुख्यमन्त्री राईले अहिलेको अवस्थामा अविश्वासको प्रस्तावमा छलफल अघि बढाउन नमिल्ने बताउनुभएको थियो । तर सभामुख भण्डारीले अविश्वासको प्रस्ताव टेबुल गर्ने यसअघिकै कार्यसूची रहेकाले आज बैठक स्थगित गर्न नमिल्ने जवाफ दिएको बुझिएको छ ।

आज अविश्वासको प्रस्ताव बैठकमा टेबुल गर्ने तयारी छ । यसअघि २५ माघमा अविश्वास्को प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो । तर सरकार पक्षको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको थियो ।

आजको बैठक पनि अवरुद्ध गर्ने ओली समूहले तयारी गरेको छ । आजको बैठक पनि चल्न नदिने नेकपाको ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनुभयो ।

राजभण्डारीले कारवाहीमा परेका १६ जना सांसदलाई बैठकमा प्रवेश गर्न रोक लगाइए मात्र बैठक सञ्चालन हुनसक्ने बताउनुभयो । दल विभाजनले आधिकारिता पाएपछि मात्रै बैठक सञ्चालन गर्न मिल्ने राजभण्डारीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्