श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ
२०७७ फागुन ८ गते १४:४६

८ फागुन २०७७ चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार २७ वर्षीया हिमाल थामीले गए राति २ बजे खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका थिए ।
प्रहरीलाई बिहान चार बजे खबर आएकोमा खोजतलास गर्दा भागेर कालिञ्चोक–७ मा पुगेको अवस्थामा बिहानै उनलाई पक्राउ गरिएको रिजालले जानकारी दिनुभयो ।
श्रीमती २३ वर्षीया सुनिता थामीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाइएको छ । पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी छ ।
प्रतिक्रिया