राष्ट्रिय महिला लीग फूटबलमा आज पुलिस र चन्द्रपुरबीच खेल हुने

हिमालय टिभी
२०७७ माघ ३० गते ९:२०
राष्ट्रिय महिला लीग फूटबलमा आज पुलिस र चन्द्रपुरबीच खेल हुने

३० माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा आज एक मात्रै खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

विभागीय टिम पुलिस र रौतहटको चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे शुरु हुनेछ । चन्द्रपुरविरुद्ध मैदान उत्रदा पुलिस सहज जितको खोजीमा हुनेछ ।

पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अङ्क बराबरी गर्न चाहन्छ । पुलिस ८ खेलमा ११ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।

चन्द्रपुर पनि पुलिसलाई हराएर अङ्क तालिका सुधार गर्न चाहन्छ । चन्द्रपुर ६ अङ्क जोडेको छैटौं स्थानमा रहेको छ ।

लीगमा अपराजित एपीएफ २४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । आर्मी २२ अङ्क जोडेर दोस्रो र १४ अंक जोडेको वालिङ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *