भूमिहीन बनाउन खोजेको भन्दै आयोजना पीडितले दिए धर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २५ गते १८:३२
भूमिहीन बनाउन खोजेको भन्दै आयोजना पीडितले दिए धर्ना (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ भक्तपुर । भक्तपुर नगरपालिकाले संचालन गरेको भक्तपुरको देको मिवा ईतापाके जग्गा एकीकरण पीडितले आयोजनाको कार्यालय र भक्तपुर नगरपालिकामा धर्ना दिएका छन् ।

आयोजनाभित्र परेको जग्गाधनीलाई योगदान कट्टीको नाममा भूमिहीन बनाउन खोजेको भन्दै पीडितले आज कार्यालयहरुमा धर्ना दिएका हुन् । आयोजनाले योगदान कट्टीको नाममा ६० देखि ८० प्रतिशतसम्म जग्गा कटौती गरेपछि विरोधमा उत्रिनु परेको पीडितले बताएका छन ।

आयोजना वैज्ञानिक एवं आधुनिक बनाउनुपर्ने लगाएतका १७ बुँदे माग राखेर उनीहरु एक महिनादेखि आन्दोलनमा छन् । आयोजनाले ५ सदस्यीय कार्यदल गठन गरेर समस्या समाधानका लागि ४ वटा छुट्टाछुट्टै टोली गठन गरेको छ ।

कार्यदलले आयोजनामा परेका ६ सय ५१ उजुरीहरुको अध्ययन गरेर सम्बन्धित जग्गाधनीहरुसँग छलफल अगाडि बढाएको जनाएको छ ।

आयोजनाले ५ वर्ष अगाडि भक्तपुरको सल्लाघारीदेखि देकोचासम्म १६ सय ५४ रोपनी जग्गा एकीकरण गरेको हो । विवाद समाधान भएमा ६ महिनाभित्रै जग्गाधनीहरुलाई पुर्जा वितरण गरिने आयोजना प्रमुख ओमहरी थाश्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *