प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज, रोक्ने प्रयासमा ओली पक्ष

Himalaya Television
२०७७ माघ २५ गते ८:५३

प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज, रोक्ने प्रयासमा ओली पक्ष

२४ माघ २०७७ विराटनगर । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ ।

नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । बैठकअघि आज बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्तापक्षले बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुन नदिने ओली समूहको तयारी छ ।

यता, प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले १६ जना प्रदेशसभा सदस्य कारवाहीको विषय बन्द भइसकेको बताउनुभयो । प्रचण्ड–नेपाल समूहका नेता आङ्बोले आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुनुपर्ने बताउनुभयो ।

हिउँदे अधिवेशनका लागि प्रदेश सरकारले अरु बिजनेश दिएको छैन । त्यसैले संसद्को एक मात्र विजनेशको रुपमा रहेको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्ने आङ्बोको भनाइ छ ।
प्रदेश १ मामुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिने नेपाली कांग्रेसले संकेत गरेको छ ।

यसअघि प्रदेशसभा बैठकको अर्काे मिति तय गर्ने विषयमा सभामुख भण्डारी र मुख्यमन्त्री राईबीच छलफल गरेर अगाडि बढ्ने सहमति गर्दै प्रदेश प्रमुखले पठाएको संसद अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र पढेर बैठक स्थगित भएको थियो ।

आजका लागि बोलाइएको बैठक कसरी सञ्चालन गर्ने भन्ने अन्योल छ । गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहका ३७ नेताले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये पाँच जना हस्ताक्षर फिर्ता गर्दै ओली समूहमा लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs