कपिलवस्तुमा नागरिकता लिने बढेपछि बिहानैबाट वितरण शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १९ गते १७:१८
कपिलवस्तुमा नागरिकता लिने बढेपछि बिहानैबाट वितरण शुरु (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ कपिलवस्तु । सेवाग्राहीको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहान ७ बजेदेखि नै नागरिकता वितरण शुरु गरेको छ ।

कपिलवस्तुका ५ वर्ष मुनिका बालबालिकाले पोषण भत्ता पाउने भएपछि एक हप्तायता नागरिकता बनाउने सेवाग्राहीको भिड बढेको छ । सरकारले बाल पोषण अनुदान प्राप्त गर्न अभिभावकको नागरिकता अनिवार्य गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दैनिक ३ सय जनासम्म नागरिकता बनाउन आउने गरेका छन् । ३–४ दिनसम्म नागरिकता नपाएको गुनासो गर्ने सेवाग्राहीले अहिले रातिदेखि नै लाइनमा बसेर पालो कुरिरहेका छन् ।

बालपोषण अनुदानको कार्यक्रम विस्तारपछि नागरिकताको आवश्यकता पर्दा नागरिकता लिने सेवाग्राहीको संख्या बढेपछि बिहानैदेखि नागरिकता वितरण शुरु गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो ।

सरकारले बाल पोषण अनुदान विस्तारको निर्णय गरेर कपिलवस्तुसहितका ११ जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई तेस्रो चौमासिकदेखि मासिक ४ सय रुपैँया बाल पोषण भत्ता उपलब्ध गराउने भएको छ ।

भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *