लुम्बिनी प्रदेशमा दुर्घटना न्युनीकरण गर्न पुनः टाइम कार्ड लागू (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ६ गते १३:२८
लुम्बिनी प्रदेशमा दुर्घटना न्युनीकरण गर्न पुनः टाइम कार्ड लागू (भिडियोसहित)

६ माघ २०७७ बुटवल । टिपरका कारण सवारी दुर्घटना बढ्दै गएको भन्दै लुम्बिनी प्रदेशमा फेरि टाइम कार्ड लागु गरिएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले तिब्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढेको भन्दै पाल्पादेखि बुटवल हुँदै भैरहवा तथा नवलपरासी चल्ने टिपरलाई आजदेखि टाइमकार्ड लागू गरेको हो ।

टाइमकार्ड लागु भएपछि अब टिपर पाल्पाको दोभानदेखि बुटवलको धागो कारखाना (रामनगर) सम्म प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी हाक्नुपर्नेछ ।

त्यस्तै धागो कारखानादेखि नवलपरासी पश्चिमको सुनवल र बुटवलदेखि भैरहवा प्रतिघण्टा ३० किलोमिटरको गतिमा गाडी चलाउन पाइनेछ । चेक प्वाइन्टमा इन्ट्री नगराई भागेमा वा तोकिएको समयभन्दा चाँडो आउने जाने गरेमा जरिवाना गरिने प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रदेशमा अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिना भन्दा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुर्घटना झण्डै १३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको साउन देखि पुस महिनासम्म ६ सय ३७ वटा दुर्घटना भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *