कोरोना खोप लगाउनेको सुची तयार गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोप लगाउने व्यक्तिको सुची तयार गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले कोभिड नाइन्टिन विरुद्धको खोप लगाउने समुहमा पर्ने, नपर्ने समुहको विवरण समेत संकलन गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । खोप आएको एक हप्ताभित्रै लगाइसक्नुपर्ने भएकाले अहिले नै सुची तयार पार्न लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो । अव सम्बन्धित निकायले जेष्ठ नागरिक, बालबालिका लगायतको सुची तयार पारी मन्त्रालयमा पठाउनुपर्नेछ ।
नेपालले विश्व स्वास्थ्य संगठन मार्फत कोभ्याक्स अर्थात अनुदानमा पाउने खोप कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गर्ने व्यक्ति, दिर्घ रोगी तथा उच्च जोखिममा रहेका व्यक्तिलाई लगाउने रणनीति बनाएको छ। उक्त खोप २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी प्राप्त हुने बताइएको छ ।
प्रतिक्रिया