विप्लव नेतृत्वको नेकपासहित चार साना वाम पार्टीबीच सरकारविरुद्ध मोर्चाबन्दी
१४ पुस २०७७ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार साना बाम पार्टीबीच सरकारविरुद्ध मोर्चाबन्दी भएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी भएको हो ।
चारै दलका नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा केपी ओली सरकारलाई निरंकुश, फासीवाद र दलाल भएको आरोप लगाइएको छ ।
अग्रगामी राजनीतिक निकासका लागि मोर्चाबन्दी गरेको भन्दै यी दलले छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्ने समेत बताएका छन् ।
चार दलले वैदेशिक शक्तिको आड भरोसा र इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया