वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या

हिमालय टिभी
२०७७ मंसिर २५ गते २०:०५
वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या

२५ मंसिर, २०७७ झापा । झापामा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको छ ।

अर्जुनधारा नगरपालिका ११ का ७० वर्षीया माइना हस्दाको बलात्कारपछी हत्या गरिएको हो ।

हस्दाको शव पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका १३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडीको कल्भर्टमुनि भेटिएको हो । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले भद्रपुर नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको छ ।

बिर्जाले गएराति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *