कस्तुरीको विनासहित रुपन्देहीबाट तीन जना पक्राउ

हिमालय टिभी
२०७७ मंसिर २३ गते १३:११
कस्तुरीको विनासहित रुपन्देहीबाट तीन जना पक्राउ

२३ मंसिर, २०७७, बुटवल । रुपन्देहीमा एकथान कस्तुरीको विनासहित तीनजना पक्राउ परेका छन् ।

देवदह नगरपालिका वडा नम्बर १० भलुहीका टेकबहादुर विकको घरबाट अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर २ का सुकुरदिन मिया, बाग्लुङ नगरपालिका वडा नम्बर–६ का रमेश विक र बुटवल उपमहानगरपालिका ११ का दीपक विश्वकर्मा पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट खैरो रौंसहित कस्तुरीको ६१ दशमल ४ ग्राम विना फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।

रुपन्देही प्रहरीले आइतबार बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खाग बरामद गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *