Political Hightlights

विपक्षी नेताको प्रश्न–स्वास्थ्य महामारीमा त भ्रष्टाचार गर्ने सरकारले अरुमा के गर्‍यो होला ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १७ गते १५:१९
विपक्षी नेताको प्रश्न–स्वास्थ्य महामारीमा त भ्रष्टाचार गर्ने सरकारले अरुमा के गर्‍यो होला ? (भिडियोसहित)

१७ मंसिर, २०७७ पर्सा । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार इतिहासकै भ्रष्ट र गैरजिम्मेवार भएको आरोप लगाउनुभएको छ ।

वीरगंजमा आज संचारकर्मीसँग नेता महतले सरकारले स्वास्थ्य सामग्री खरिददेखि कोरोना नियन्त्रणमा समेत अनियमितता गरेको आरोप लगाउनुभयो ।

कोरोनाका नाममा २० अर्व खर्च देखाएर भ्रष्टाचार गरिएको दाबी गर्दै उहाँले अन्तर्राष्ट्रिय संस्थाले पनि अहिलेको सरकार भ्रष्ट भएको प्रमाणित गरेको बताउनुभयो ।

नागरिकको उपचारका लागि पैसा नभएको बताउँदै सरकारले पार्टी कार्यकर्ताका संस्थालाई अरबौं रकम बाँडिरहेको पनि उहाँको आरोप छ ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता महतले सत्तारुढ नेकपाले मुलुकलाई विदेशी शक्ति केन्द्रको अखडा बनाउन खोजेको आरोप पनि लगाउनुभयो । नेकपाको विवाद मिलाउन पनि विदेशी शक्तिको चलखेल रहेको उहाँको दाबी छ ।

लिम्पियाधुरा समेटेर नक्सा जारी गरे पनि सरकार अहिले भूमि फिर्ता ल्याउने कामबाट पछि हटेको कंग्रेस नेता महतले आरोप लगाउनुभयो । हाल पाठयपुस्तकबाट नयाँ नक्सा हटाउनु त्यसकै उदाहरण भएको उहाँको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्