Political Hightlights

नेकपा सचिवालय बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल शुरु, बैठक भोलि पनि बस्ने

हिमालय टिभी
२०७७ मंसिर १६ गते १६:४७
नेकपा सचिवालय बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल शुरु, बैठक भोलि पनि बस्ने

१६ मंसिर, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल शुरू भएको छ।

आज बालुवाटारमा बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल शुरू भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठक भोलि दिउँसो एक बजे फेरि बस्नेछ ।

तर दुई प्रस्तावमाथिको छलफल र सहमतिका लागि नेताहरुबीचको संवाद पनि सँगसँगै हुनेछ । यसका लागि बैठक बस्नु पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको छ ।

प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा गर्नुभएको थियो छ । दुवै जनाले एक अर्कामाथि गम्भीर आरोप लगाउनुभएको छ ।

दुई अध्यक्ष नै व्यक्तिगत रुपमा आरोपप्रत्यारोपमा उत्रिएपछि नेकपा गम्भीर संकटमा छ । नेताहरुले पार्टी एकता नै संकटमा परेको स्वीकार गरिसकेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्