मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा दुई जनाको शव फेला

Himalaya Television
२०७७ मंसिर १२ गते १२:५९

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा दुई जनाको शव फेला

१२ मंसिर, २०७७ मकवानपुर । इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ ।

उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ ।

यसैबीच गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । इन्द्रसरोवर– १ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नं ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । शव परीक्षणका लागि बिहीबार नै हेटौँडा ल्याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs