सफल भयो दाङमा हावाबाट बिजुली उत्पादन, स्थानीय दङ्ग (भिडियोसहित)
१० मंसिर, २०७७, दाङ । दाङको गढवा गाउँपालिकाको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको परीक्षण सफल भएको छ । लामो समयदेखि विद्युतको पहुँचबाट बञ्चित कोइलाबासमा अब स्थानीय बासिन्दाले बिजुली बाल्न पाउने आशा बढेको छ ।
विकासका पूर्वाधारले पछि परेको भारतीय सीमावर्ती गाउँ दाङको गढवा गाउँपालिकाको कोइलाबासमा हावाबाट बिजुली उत्पादन थालिएको छ ।
उत्पादनको पहिलो चरणको परीक्षण पनि सफल भएको छ । करिब दुई सय ५० घरधुरीलाई २४ सै घण्टा बिजुली दिने उद्देश्यले आयोजना थालिएको हो । परीक्षण सफल भएपछि जनप्रतिनिध निकै उत्साही छन् ।
हावाबाट बिजुली उत्पादन हुने भएपछि बर्षौदेखि झेल्दै आएको समस्या अब समाधान हुने भएकाले स्थानीय बासिन्दा पनि खुशी छन् । अनि समयमै काम सम्पन्न गरी वितरण गर्न खबरदारी पनि गरेका छन् ।
कोइलाबास नाकामा रहेका विभिन्न समस्यामध्ये विद्युत पनि एक हो । यो परियोजना सफल भएपछि कोइलाबासका बासिन्दाको एउटा समस्या समाधान हुनेछ ।
हावाबाट बिजुली उत्पादन गर्ने कामलाई सफलतापूर्वक सम्पन्न गर्न सके नागरिकको दैनिकी सहज हुने थियो ।
प्रतिक्रिया