Political Hightlights

पार्टी बैठकबाट निकास खोज्न नेकपा अनुशासन आयोगको आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २४ गते १७:३५
पार्टी बैठकबाट निकास खोज्न नेकपा अनुशासन आयोगको आग्रह (भिडियोसहित)

२४ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगले आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ ।

पार्टीमा ओली र प्रचण्ड–नेपाल समूहबीच विवाद चर्किरहेका बेला अनुशासन आयोग अघि सरेको हो । आयोगका अध्यक्ष अमृतकुमार बोहोराले आरोप प्रत्यारोप रोक्न आग्रह गर्दै बैठक बोलाउन सुझाव दिनुभएको छ ।

वक्तव्य निकालेर बोहोराले विगतमा ठूलठूला विवाद अन्तरपार्टी संघर्षबाट समाधान गरेको स्मरण पनि नेतृत्वलाई गराउनुभएको छ । पार्टी एकतादेखि स्थायी र केन्द्रीय कमिटीका निर्णय कार्यान्वयन नभएको अनुशासन आयोगको ठहर छ ।

वक्तव्यमा भनिएको छ– २६ भदौको स्थायी कमिटी बैठकले कार्यान्वयनका निमित्त गरेका निर्णय समेत आजपर्यन्त अलपत्र छन् । बरु त्यसलाई अनेकौं बहानामा पन्छाउने काम भइरहेको छ ।’

आयोगले पार्टीमा अहिले देखिएको विवादको पनि विधान बमोजिम समाधान खोज्नुपर्नेमा जोड दिएको छ । जति सकिन्छ चाँडो बैठक राख्न र बैठक राख्ने विषयलाई प्रतिष्ठाको विषय नबनाउन आग्रह गरिएको छ ।

फूटलाई प्रतिगामी कुरा भन्दै बोहराले विगतमा फूटको दुःख व्यहोरेकोले त्यसबाट शिक्षा लिन आयोग अध्यक्ष बोहराको जोड छ । नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन लिखित रुपमै माग गर्नुभएको छ ।

तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आलटाल गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्