Political Hightlights

पार्टी एकता गम्भीर संकटमाः महासचिव पौडेल

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १५:०८
पार्टी एकता गम्भीर संकटमाः महासचिव पौडेल

१६ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटमा परेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पौडेलले पार्टी एकता गंभीर संकटको मोडमा आइपुगेको उल्लेख गर्नुभएको छ । पार्टीका दुई अध्यक्षबीचको अन्तरविरोधले पार्टी संकटमा परेको प्रष्ट पौडेलको संकेत छ ।

तर पौडेलले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मतभेद चर्किरहेका बेला पौडेलले अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा गर्न आग्रह गर्नुभएको छ । त्यसका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्यलाई महासचिव पौडेलको अनुरोध छ ।

पार्टी एकता भएसँगै एक वर्षभित्र महाधिवेशन गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी पुरा गर्नुको साटो अहिलेसम्म एकता पुरा हुन नसकेको, एकीकृत पार्टीको अविभाज्य अस्तित्वमाथि बारम्बार प्रश्न उठेको र अहिले पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको महासचिव पौडेलको बुझाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्