पोखरा महानगरपालिका आजदेखि खुल्ने
२०७७ कार्तिक १३ गते ९:०८

१३ कात्तिक, २०७७ पोखरा । कास्कीको पोखरा महानगरपालिकाको कार्यालय आजदेखि खुल्ने भएको छ ।
महानगरपालिमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टिपछि बन्द सेवा आजदेखि नियमित शुरु हुन लागेको हो ।
कर्मचारीमा संक्रमण देखिएपछि गएको असोज २९ गतेदेखि कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको थियो ।
अब महानगरमा गठित कोरोना संक्रमण रोकथाम समितिको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गर्ने सबै सेवाहरु नियमित गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया