Political Hightlights

प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीचको भेट कूटनीतिक मर्यादाविपरीतः प्रवक्ता श्रेष्ठ

हिमालय टिभी
२०७७ कार्तिक ९ गते १२:३१
प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीचको भेट कूटनीतिक मर्यादाविपरीतः प्रवक्ता श्रेष्ठ

९ कात्तिक, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको बताउनु भएको छ ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै यो भेटबाट राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले गत बिहीबार राति ‘रअ’का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भेटवार्ता गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना गोयललाई भेटेको बारे नेकपालाई कुनै पूर्वजानकारी नभएको र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल नभएको नेता श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्