जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी परिषद् बैठक शुरु
३ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी परिषद् बैठक शुरु भएको छ।
ललितपुरमा आज शुरु भएको दुई दिने बैठकले डाक्टर बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउनेसहित नेताहरुको कार्यविभाजन गर्नेछ ।
पार्टी एकता गर्दा भट्टराईलाई थप जिम्मेवारी दिनेगरी वरिष्ठ नेता मात्र राखिएको थियो । पूर्वप्रधानमन्त्री भट्टराईसँगै तत्कालीन राजपाका अध्यक्ष मण्डलका सदस्य रहेका राजकिशोर यादव, महिन्द्र राय यादव, अनिल झालगायतको कार्यविभाजनको पनि तयारी छ ।
जसपाको कार्यकारिणी समितिमा ५१ जना छन् । तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जसपा बनेको ६ महिना बितिसक्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन ।
जसपाको पदाधिकारीमा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई, डाक्टर बाबुराम भट्टराई र राजेन्द्र महतो हुनुहुन्छ ।
प्रतिक्रिया