Political Hightlights

संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा नेकपा सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन

हिमालय टिभी
२०७७ असोज २० गते १८:५९
संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा नेकपा सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन

२० असोज, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संवैधानिक नियुक्ति र राजनीतिक नियुक्तिका विषयमा छलफल भएको छ ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि नेकपाका नेताहरु असन्तुष्ट थिए । प्रधानमन्त्री ओलीले तीन देशका लागि एकलौटी ढंगबाट राजदूत नियुक्त गरेको आरोप नेताहरुले लगाए पनि सचिवालय बैठकमा भने सामान्य छलफल मात्रै भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

राजदूत नियुक्तिका विषयमा सामान्य छलफल भए पनि त्यस्ता निर्णयहरु गर्दा सरकारलाई सुझाव दिने विषयमा अर्को बैठकमा छलफल हुने उहाँले बताउनुभयो । मन्त्रिपरिषद हेरफेरको विषयमा आज कुनै पनि छलफल नभएको उहाँले बताउनुभयो ।
यसअघि बसेको सचिवालय बैठकले सैद्धान्तिक र नीतिगत रुपमा छलफल गरेपनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको गृहकार्य जारी रहेकाले आज कुनै छलफल नभएको उहाँले बताउनुभयो ।

बैठकले डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ औं अनसन बस्नु भएका केहीको अधिकांश माग पुरा भएको र केही पुरा हुने क्रममा रहेकाले अनसन तोड्न नेकपा सचिवालय आग्रह गरेको हो ।

अहिले कोरोनाले देशलाई अफ्ठ्यारो पारेको अवस्थामा कोरोना नियन्त्रण र रोकथाममा सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्ने भएकाले छलफल गर्नुपर्न अन्य विषयमा छलफल गर्न सकिने उहाँले बताउनुभयो । सांगठनिक एकीकरणको विषयमा पनि अध्यक्षद्वयबीच गृहकार्य जारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्