अर्घाखाँचीमा जमिन भासिँदा २६ घर भत्किए, ४० घर जोखिममा
२०७७ असोज ११ गते ७:४२

११ असोज, २०७७, अर्घाखाँची । अर्घाखाँचीमा जमिन भासिएपछि २६ वटा घर भत्किएका छन् । ४० घर रहेको गाउँ नै पहिरोको जोखिममा परेको छ ।
शितगंगा नगरपालिका वडा नम्बर १२ को कोठिया मैदानमा जमिन भासिनुको साथै पहिरोसमेत गएपछि गाउँ नै विस्थापित भएको छ ।
गाउँको तीनतिरबाट पहिरो जाँदा केही घर बगाएको र धेरै घर जमिन भासिएर ढलेका त्यहाँबाट पत्रकार प्रेम नारायण आचार्यले जानकारी दिनुभयो ।
यसअघि १० मिटरको दूरीमा रहेका दुई घर अहिले जमिन भासिएर झण्डै ४० मिटरको दूरीमा पुगेका छन् ।
प्रतिक्रिया