बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
२०७७ असोज ५ गते १३:०४

५ असोज, २०७७, बाँके । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका सुर्खेतको गुर्भाकोटका ५८ वर्षीय पुरुषको नेपालगञ्जमा मृत्यु भएको हो ।
भदौ २२ गते देखिएपछि विरामी परेका ती व्यक्तिलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनको आज बिहान साटे ६ बजे मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमा अछाम, कैलाली, अर्घाखाँची र सुर्खेतका एक एक जना रहेका छन् ।
प्रतिक्रिया