Political Hightlights

विभिन्न कार्यक्रमसहित सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मरण गरिँदै

हिमालय टिभी
२०७७ असोज २ गते १३:१९
विभिन्न कार्यक्रमसहित सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मरण गरिँदै

२ असोज, २०७७ काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर समेत रहेका गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरण पेश गरेका सिंहले जनआन्दोलनको नेतृत्व गरे पनि पदको आशा राख्नुभएन । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा गणेशमानले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्नुभएको थियो ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका गणेशमानको २०५४ साल असोज २ गते निधन भएको थियो । उहाँ राणाशाहीविरुद्ध पनि संघर्षमा होमिनु भएको थियो ।

सिंहको २३ औं स्मृति दिवसको अवसरमा आज विहान चाक्सीबारीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं गणेशमानका पुत्र प्रकाशमान सिंहले वर्तमान सरकार संविधानको भावना र मर्मविपरीत हिँडेको आरोप लगाउनुभयो ।

रैतीको अवस्थामा रहेका नेपालीलाई सार्वभौमसत्ता नागरिकको दर्जा दिलाउन गणेशमान सिंहको ठूलो योगदान गरेको उहाँले स्मरण गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्