चितवनमा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु
२०७७ भदौ २७ गते १३:३६

२७ भदौ, २०७७ चितवन । चितवनमा करेन्ट लागेर दुईजना सैनिकको मृत्यु भएको छ ।
कालिका नगरपालिका वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुईजना सैनिकको आज बिहान मृत्यु भएको हो ।
गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र एकजना जवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुवेदार राजुबाबु श्रेष्ठको उपचारका लागि अस्पताल लैजााने क्रममा र सिपाही साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया