Political Hightlights

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलि बस्ने भनिएको सचिवालय बैठक स्थगित

हिमालय टिभी
२०७७ भदौ १२ गते १४:३८
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलि बस्ने भनिएको सचिवालय बैठक स्थगित

१२ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोलि बस्ने भनिएको सचिवालय बैठक कोरोना संक्रमणको जोखिम देखाएर स्थगित गरिएको छ । बैठक भदौ १८ गतेका लागि पुन बोलाइएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहाल प्रचण्डबीच आज विहान बालुवाटारमा भेटवार्तापछि बैठक स्थगित भएको हो ।

दुई अध्यक्षबीच कोरानाका कारण भदौ १८ गतेसम्म बैठक सार्ने सहमति भएको सचिवालयले पुष्टि गरेको छ । स्रोतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेशनमा जानु पर्ने भएपछि बैठक स्थगित गरिएको हो ।

यसअघि कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्ने गरी नेकपाले भोलि विहान ११ बजेका लागि बैठक बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्