Political Hightlights

नेकपा सचिवालय बैठक बालुवाटारमा

हिमालय टिभी
२०७७ भदौ १ गते ७:३३
नेकपा सचिवालय बैठक बालुवाटारमा

१ भदौं, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ ।

अहिले बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदलको वैधानिकतामाथि प्रश्न उठेसँगै सचिवालय बैठक बोलाईएको हो ।

कार्यदलका सन्दर्भमा सचिवालयकै कतिपय सदस्यले असन्तुष्टि व्यक्त गरेपछि सचिवालय बोलाईएको हो । बैठकले ६ सदस्यीय कार्यदललाई बैधानिकता दिने छ ।

शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदल मार्फत् समस्या समाधान गर्ने भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो ।

पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे सदस्य छन्। कार्यदलले शनिबारदेखि नै काम थालिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्