कोरोना संक्रमण बढेपछि धनकुटा नगरपालिकामा निषेधाज्ञा जारी

हिमालय टिभी
२०७७ साउन ३० गते १४:३५
कोरोना संक्रमण बढेपछि धनकुटा नगरपालिकामा निषेधाज्ञा जारी

३० साउन, २०७७ धनकुटा । कोरोना संक्रमणको जोखिम बढेपछि धनकुटा नगरपालिकामा आजदेखि निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले नगरपालिका क्षेत्रका बढी जनघनत्व रहेको क्षेत्रमा भदौ ४ गतेसम्मलाई निषेधाज्ञा जारी गरेको हो ।

एक, तीन, चार, पाँच, छ र सात गरी सात वडामा पूर्ण रुपमा निषेधाज्ञा लगाइएको छ । त्यस्तै कोरोना संक्रमितको संख्या दुई सय नाघेका जिल्लाबाट धनकुटा प्रवेशमा रोक लगाएको छ ।

यसअघि बुधबार नै धनकुटा नगरपालिकाको कोरोना संकट व्यवस्थापन समितिको बैठकले अत्यावस्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने तथा नगर क्षेत्रमा सार्वजानिक भेला, बैठक, गोष्ठी, चार्डपर्व, भोजभतेर जस्ता कार्य गर्न नदिने निर्णय गरेको थियो । धनकुटामा हालसम्म १७ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *